हात्तीको आक्रमणमा परी माडीको टम्टामा दुईजना महिलाको मृत्यु

312
SwadeshPost

हात्तीको आक्रमणमा परी माडीको टम्टामा दुईजना महिलाको मृत्यु भएको छ । माडी नगरपालिका वडा नं. ९, टम्टा निवासी बर्ष ३० की शुसिला भण्डारी र सोही वडा निवासी बर्ष ६० की कृष्णकली पौडेलको आज बुधबार दिउँसो ३ बजे जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको हो । घरपछाडी रीउ खोला छेउमा घाँस काटिरहनुभएको अवस्थमा तीनजनाको संख्यामा रहेका उहाँहरुलाई अचानक हात्तीले आक्रमण गर्दा एकजना भाग्न सफल हुनुभएको थियो भने भण्डारीलाई रीउको बगरमै हात्तीले किचेको थियो । त्यसैगरी पौडेललाई हात्तीले लखेट्दै चितवन राष्ट्रिय निकुञ्जतर्फ लगेकोमा वगरको करीब १०० मिटर दुरीमा उहाँको शव भेटिएको हो । दुबैजनाको शव क्षतविक्षत अवस्थामा भेटिएको घटनास्थलबाट हाम्रा सहकर्मीद्वय दुर्गा अधिकारी र मोहन स्याङतानले जानकारी दिनुभएको छ । हामी निरन्तर अपडेटमा छाैं ।

SwadeshPost