अन्ततः सम्झौतामै टुङ्गियाे, दुईदिनदेखि माडीमा जारी आन्दोलन

327
SwadeshPost

माडीको टम्टामा दुईदिनदेखि जारी आन्दोलन अन्ततः सम्झौतामै टुङ्गिएको छ । निकुञ्जको ऐन शंसोधन लगायतका नारा सहित जारी संघर्षका कार्यक्रमहरु बिहिबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लगायतको उपस्थितमा बसेको छलफलबाट सम्झौतामै टुङ्गिएको हो । माडीमा हात्तीको आक्रमणबाट मृत्यु भएका दुई जनालाई चितवन राष्ट्रिय निकुञ्जले प्रति व्यक्ति रु. १० लाख क्षतिपूर्ति दिने तथा किरिया खर्च स्वरूप २५/२५ हजार रुपैयाँ पनि निकुञ्जले बेहोर्ने र माडी नगरपालिकाले मृतकका परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भई आन्दोलन सकिएको हो । त्यसैगरी हात्तीलाई नियन्त्रणमा लिई थप जनधनको क्षती हुन नदिने निकुञ्ज प्रशासनको प्रतिबद्धता रहेको छ । सहमति भएसँगै स्थानीयहरूले सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

तर माडीका नगर प्रमुख ढकालले भने स्वदेश एफ.एम.संग कुराकानी गर्दै निकुञ्ज ऐन शंसोधनको आफ्नो आन्दोलन सुरुवात भएको जनाउनुभएको छ । नेकपाका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई माडीमा ल्याउने प्रयत्न गरिएका उहाँको भनाई छ । प्रचण्डमार्फत ऐन शंसोधनको काम अगाडी बढ्ने उहाँको भनाई छ ।

SwadeshPost