नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेताहरुद्वारा मृतककाे परिवारसंग भेट

141
SwadeshPost

हात्तीको आक्रमणबाट निधन हुनुभएका माडी टम्टाका भण्डारी र पौडेल परिवारसंग शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले भेटघाट गरी समवेदना व्यक्त गरेका छन् । टम्टा निवासी स्वर्गिय शुसिला भण्डारी र स्वर्गिय कृष्णकली पौडेलको परिवारजनसंग नेकपाका नेताहरुले भेटघाट गरेका हुन् ।

परिवार सदस्यको वियोगको शोकमा रहेका परिवारजनलाई भरतपुर महानगरकी नगरप्रमुख रेणु दाहाल, संघीय सांसद कृष्णभक्त पोखरेल, चितवन जिल्ला समन्वय समितिका सभापति कृष्ण डल्लाकोटी, नेकपा नेता बद्री तिमिल्सिना, नेकपा अध्यक्ष प्रचण्डका चितवन क्षेत्र नं. ३ का स्वकीय सचिव निशा न्यौपाने लगायतले भेटघाट गर्नुभएको हो । त्यसैगरी नेकपा माडीका नेताहरु नारदमणी पौडेल, सुमन बराल, राम न्यौपाने, नारायण पौडेल, प्रेम तिमिल्सिना, रामेश्वर चौधरी, प्रकाश ढुंगाना, लीलाधर आचार्य लगायतले समेत भेटघाट गरी शोकाकुल परिवारजनसंग समवेदना व्यक्त गर्नुभएको थियो ।

SwadeshPost