हात्तीको आक्रमणबाट मृत्यु भएका माडीका महिलाद्वयको शुक्रबार अन्त्येष्ठी गरियाे

261
SwadeshPost

जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका माडी टम्टाका महिलाद्वयको शुक्रबार बिहान अन्त्येष्ठी गरिएको छ । रीउ नदीमा परिवार सदस्य, छरछिमेकी एवं आफन्तहरुको उपस्थितिमा दुवैको अन्त्येष्ठी गरिएको हो । हात्तीको आक्रमणबाट गत बुधबार माडी नगरपालिका वडा नं. ९, टम्टा निवासी बर्ष ३५ की शुसिला भण्डारी र सोही वडा निवासी बर्ष ६० की कृष्णकली पौडेलको मृत्यु भएको थियो ।

अन्त्येष्ठी कार्यक्रममा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल र प्रदेश सांसद घनश्याम दाहाल अविनाशकाे उपस्थिति रहेको थियो । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माडीका नेताहरु प्रेम तिमिल्सिना, नारदमणी पौडेल र रामेश्वर चौधरी, राप्रपा (प्रजातान्त्रिक) माडीका अध्यक्ष वीरेन्द्र भण्डारी, नेपाली काँग्रेसका वडास्तरीय नेताहरू लगायतको समेत उपस्थिति रहेको थियो ।

SwadeshPost