चितवन राष्ट्रिय निकुञ्ज ऐन-२०२९ मानव अधिकार बिरोधीः नगरप्रमुख ढकाल

152
SwadeshPost

माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले चितवन राष्ट्रिय निकुञ्ज ऐन-२०२९ मानव अधिकार बिरोधी रहेको जनाउनुभएको छ । सो ऐनका कारण माडीवासी आतंकित हुनु परेको भन्दै उहाँले सो ऐन शंसोधन तथा माडी क्षेत्रको विकासका मुख्य सात बुँदा सम्बोधनका बुँदाहरु संघिय सांसद कृष्णभक्त पोखरेललाई बुझाउनु भएको छ ।

माडी नगरपालिकाको सभाहलमा सम्पन्न एक छलफल कार्यक्रममा मेयर ढकालले सो संसोधन प्रस्ताव पोखरेललाई बुझाउनु भएको हो । ऐन शंसोधन लगायत पुल तथा सडक निर्माण, बाँदरझुला कुसुमखोला लगायतको ठाउँबासीहरुको उचित व्यवस्थापन, रिउ कोरिडोर निर्माण, तटबन्धन, विधुत विस्तारको काम आदि गरिनुपर्ने जस्ता बुँदाहरु नगरपालिकाले अगाडी सारेको सार्वजनिक गरेको हो ।

छलफलमा बोल्दै सांसद पोखरेलले सो प्रस्तावहरुप्रति आफू गम्भीर रहेको र त्यसलाई सम्बोधन गर्न सक्दो पहल गर्ने बताउनु भएको थियो । कार्यक्रममा संघिय सांसद पोखरेलका साथै प्रदेशसभा सदस्य रामलाल महतो, चितवन जिल्ला समन्वय समितिका संयोजक कृष्णप्रसाद डल्लाकोटी, भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेणु दहाल, माडी नगरपालिकाका वडाध्यक्षहरु र नेकपा (नेकपा) का जिल्ला तथा स्थानीय नेताहरुको उपस्थिति रहेको थियो ।

SwadeshPost