अबको ५ बर्षमा नारायणी नदीमा पानीजहाज तथा पूर्व–पश्चिम रेल गुड्ने प्रचण्डकाे दावी

155
SwadeshPost

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको ५ बर्षमा नारायणी नदीमा पानीजहाज तथा पूर्व–पश्चिम रेल गुड्ने दावी गर्नुभएको छ । शुक्रबार नवलपरासी पूर्वको कावासोती १७ ढोकीमा रहेको त्रिभुवन वाल माध्यमिक बिद्यालयको स्वर्ण स्तम्भ उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो दावी गर्नुभएको हो ।

चितवन क्षेत्र नं. ३ को निर्वाचित साँसद समेत रहनुभएका प्रचण्डले नारायणी नदीमा हाल सञ्चालनमा रहेको पुलका अतिरिक्त अन्य तीनवटा पुलहरु निर्माण गरिने समेत जनाउनुभएको छ । भौतिक पूर्वाधारक तथा संवैधानिक आधारबाट विकासलाई गती दिनका लागि बलिया आधारशीलाहरु खडा भएको जनाउँदै उहाँले अब सरकारको ध्यान सम्पूर्ण रुपले देशमा आर्थिक समृद्धि र विकासमा केन्द्रित भएको बिचार व्यक्त गर्नुभयो ।

SwadeshPost