शनि मन्दिर क्षेत्रमा पिउनेपानीको व्यवस्था मिलाउन ईनार खनियाे

296
SwadeshPost

मध्यपूर्वी माडीको देबेन्द्रपुरस्थित शनि मन्दिर क्षेत्रमा पिउनेपानीको व्यवस्था मिलाउन एक स्थानीय परिवारले ईनार खनेको छ । शनि मन्दिरको दक्षिणतर्फको खोल्सामा स्थानीय रेशमलाल खनाल र पबित्र खनाल दम्पत्तीले करीब १२ हजारको लगानीमा ईनार खनेकाे हो । ईनारमा संकलित पानीलाई मोटरमार्फत शनि मन्दिरसम्म पु-याउने योजना रहेको मन्दिरका संरक्षक युवा पण्डित सुदर्शन सुवेदीले जानकारी दिनुभयो ।

यसैबिच, मध्यपूर्वी माडीको देबेन्द्रपुरस्थित शनि मन्दिर क्षेत्रमा १०८ शिवलिंग स्थापनाको निर्माणकार्य अगाडी बढेको छ । माडीसंगै देशभरका १०८ जना दाता व्यक्ति एवं संघसंस्थाहरुले दानस्वरुप प्रदान गरेको १०८ वटा शिवलिंग गोलाकार स्वरुपमा दुई घेरामा राख्नेगरी निर्माणकार्य जारी रहेको हो । माडीको धार्मिक पर्यटन वृद्धि गर्नका लागि दक्षिण सोमेश्वर कालिका धार्मिक समितिले २०७४ चैत्र १५ गते स्थापना गरेको शनि मन्दिरमा हरेक शनिबार चितवन र वरपरका जिल्लाहरुबाट समेत दर्शनार्थीहरु आउने गरेका छन्

SwadeshPost