नेपाल तामाङ्ग घेदुङ्ग माडी नगर समितिको नयाँ कार्यसमिति गठन

141
SwadeshPost

नेपाल तामाङ्ग घेदुङ्ग माडी नगर समितिको नयाँ कार्यसमिति गठन भएको छ । शनिबार माडीको बरुवा बजारस्थित छेसाङ्ग बौद्ध गुम्बा परिसरमा सम्पन्न नगरस्तरीय समिति गठन कार्यक्रमबाट अमित कुमार लामाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन भएको हाे ।

समितिको उपाध्यक्षमा सन्त बहादुर तामाङ्ग र काशीमाया तामाङ्ग रहनुभएको छ भने सचिव मोहन स्याङ्तान रहनुभएको छ । त्यसैगरी नवगठित समितिको सह-सचिवमा पदम लामा र कोषाध्यक्षमा पुष्पा तामाङ्ग रहनुभएको छ । सदस्यहरुमा सवालसिंह थिंग, लाल बहादुर तामाङ्ग, राज कुमार तामाङ्ग, जीत बहादुर बल, मीना कुमारी तामाङ्ग, मीना तामाङ्ग, आश कुमार तामाङ्ग, जय बहादुर तामाङ्ग, मिलन तामाङ्ग, भरत तामाङ्ग लगायत रहनुभएको छ ।

तात्कालीन नेपाल तामाङ्ग घेदुङ्ग माडी नगर तदर्थ समितिका संयोजक अमित कुमार लामाको अध्यक्षतामा सम्पन्न नगरस्तरीय कार्यसमिति गठन कार्यक्रमको प्रमुख अतिथि नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिका प्रवक्ता एवं भाषा साहित्य र प्रशिक्षण विभाग प्रमुख काजीमान थिंग रहनुभएको थियो । कार्यक्रममा माडीका करीब १०० जना तामाङ्ग युवाहरुको सहभागिता रहेको हाम्रा सहकर्मी मोहन स्याङ्तानले जनाउनुभयो ।

SwadeshPost