लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत माडीमा विद्यालय शिक्षण कार्यक्रम सम्पन्न

118
SwadeshPost

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत आइतबार माडीको गोबिन्दबस्ती आधारभूत विद्यालयमा लैङ्गिक हिंसा बिरुद्धको विद्यालय शिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

माडी नगरपालिकाको महिला समन्वय समितिका संयोजक कोपिला सिवाकोटीको अध्यक्षतामा सम्पन्न आजको कार्यक्रमको अतिथिहरुमा नगरपालिकाका प्रवक्ता एवं वडा नं. ९ का वडाध्यक्ष शिवहरी सुवेदी, सामाजिक अभियन्ता एवं महिला अगुवा सरस्वती बिष्ट, गोबिन्दबस्ती आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वनाथ घिमिरे, सीप नेपालका अध्यक्ष इन्दिरा बिश्वकर्मा र सचिव गोबिन्द न्यौपाने लगायत रहनुभएको थियो । कार्यक्रममा लैङ्गिक हिंसाको इतिहास, प्रकार र रोकथाम तथा यसमा विद्यार्थीको भूमिका बिषयमा महिला अगुवा सरस्वती बिष्टले, माडी नगरपालिकाको सेवाप्रवाहका बिषयमा वडाध्यक्ष शिवहरि सुवेदीले र स्वास्थ्य तथा सरसफाईका बिषयमा सीप नेपालका सचिव गोबिन्द न्यौपानेले प्रशिक्षण दिनुभएको थियो । यसैबिच, लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत आउँदो मंसिर १८ गते महिला अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाहरुबिच लैङ्गिक हिंसाबिरुद्धको अन्तरक्रिया आयोजना गरिएको जनाइएको छ ।

SwadeshPost