कल्याणपुर डाँडागाउँ खानेपानी परियोजना अन्तरगत बहुपक्षीय छलफल सम्पन्न

230
SwadeshPost

पश्चिमी माडीको कल्याणपुर र डाँडागाउँ क्षेत्रमा खानेपानी उपलब्ध गराउनका सञ्चालित कल्याणपुर डाँडागाउँ खानेपानी तथा सरसफाई परियोजना अन्तरगत आइतबार बहुपक्षीय छलफल गरिएको छ । कल्याणपुर खानेपानी उपभोक्ता समिति, वाइन टु वाटर नेपाल र परियोजनाका उपभोक्ताहरुबिच विभिन्न बिषयहरुमा आइतबार अन्तक्रियात्मक छलफल गरिएको हो ।

कल्याणपुर डाँडागाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष ज्ञानप्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि वाइन टु वाटर नेपालकी राष्ट्रिय कार्यक्रम व्यवस्थापक रोश्नी कार्की सापकोटा रहनुभएको थियो भने विशिष्ट अतिथि माडी नगरपालिका वडा नं १ का वडाध्यक्ष कृष्ण पौडेल रहनुभएको थियो । कार्यक्रममा वाइन टु वाटर नेपालका इन्जिनियर तथा सल्लाहकार गुणेश्वर महतोको समेत उपस्थिति रहेको थियो ।

करीब ५६ लाख ७० हजार लागतमा जारी रहेको सो परियोजनाको निर्माण कार्य अन्तरगत सबविल (इनारको फिल्टर) को काम पुरा भएको र हाल भण्डारण ट्याङकी सम्मको पाइप लाइनिङ कार्य जारी रहेको वाइन टु वाटर नेपालकी सामाजिक परिचालिका संगिता घतानेले जानकारी दिनुभयो । सो खानेपानी योजनाबाट कल्याणपुर क्षेत्रका ९८ घरधुरी लाभान्वित हुने जनाइएको छ ।

SwadeshPost