निःशुल्क मुटु तथा जनरल स्वास्थ्य शिविर माडीकाे बघाैडा अस्पतालमा सम्पन्न

256
SwadeshPost

चितवन मेडिकल कलेज, मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र जयन्ती मेमोरियल ट्रष्टको संयुक्त आयोजना तथा माडी नगरपालिकाको सहयोगमा सोमबार निःशुल्क मुटु तथा जनरल स्वास्थ्य शिविर माडीकाे बघाैडा अस्पतालमा सम्पन्न भएको छ । शिविरमा ५२८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण सेवा तथा १३३ जनाले ईसिजी सेवा र ६१ जनाले ईको सेवा लिएका छन् ।

माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकालले पचहत्तर बर्षिय नागरिक तिल बहादुर बुढाथोकीको स्वास्थ्य परिक्षणको टिकट डा. भगवान कोईरालालाई हस्तान्तरण गरी उद्घाटन गर्नुभएको सो निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको सञ्चालन माडी नगरपालिकाका स्वास्थ्य संयोजक शिव प्रसाद सुवेदीले गर्नु भएको थियो ।

सोमबारको शिविरमा मनमोहन कार्डियो थोरासिक भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. भगवान कोईराला, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका निर्देशक डा.ज्योतिन्द्र शर्मा, चितवन मेडिकल कलेजका बरिष्ट मुटुरोग बिशेषज्ञ डा. सुधिर रेग्मी लगायतका बरिष्ट चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्नुभएको थियाे । शिविरमा सेवा दिनुभएका डा. कोईराला, डा. शर्मा, चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्साल लगायतलाई माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले समापन कार्यक्रममा दोसल्ला ओढाएर सम्मान गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

SwadeshPost