माडीका चेपाङ बालवालिकाहरुलाई पोशाक तथा स्टेशनरी सामग्री वितरण गरियाे

338
SwadeshPost

सहयोगी समाज नेपालको अभिभावकत्वमा माडीको लक्ष्मीनिवासमा रहेका चेपाङ बालवालिकाहरुलाई लायन्स क्ल्ब अफ भरतपुर सेन्ट्रलले पोशाक तथा स्टेशनरी सामग्री वितरण गरेको छ । कार्यक्रम अन्तरगत विद्यालय तहमा अध्ययनरत २८ जना विद्यार्थीहरुलाई पोशाक तथा स्टेशनरी समाग्री वितरण गरिएको थियाे ।

लायन्स क्ल्ब अफ भरतपुर सेन्ट्रलका अध्यक्ष उमानन्द कँडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडीका नगर उपप्रमुख ताराकुमारी काजी महतो प्रमुख अतिथि रहनुभएको थियो भने माडी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविशंकर शाह बिशिष्ट आतिथि रहनुभएकको थियो । हेल्पिङ सोसाइटी नेपालले मकवानपुर र चितवनका चेपाङ र विपन्न दलित बालबालिकाहरुलाई आश्रय दिएर पालनपोषण गरिरहेको सो संस्थाका अध्यक्ष टिकाराम आचार्यले जनाउनुभयो ।

SwadeshPost