लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानः माडीकाे बसन्तपुरमा सचेतनामुलक अन्तरक्रिया कार्यक्रम

293
SwadeshPost

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत मंगलबार सचेतनामुलक अन्तरक्रिया सम्पन्न भएको छ । “लैङ्गिक हिंसा र दुर्व्यवहारः छैन हामीलाई स्वीकार” भन्ने नारासहित माडीको बसन्तपुर खुल्ला मञ्चमा अन्तरक्रिया गरिएको हो । कार्यक्रमका वक्ताहरुले मानव बेचबिखनबाट प्रभावित तथा बेचबिखनको सम्भावना रहेका महिला तथा बालबालिकाहरुलाई उद्धार, परामर्श, पारिवारिक पुनर्मिलन र सामाजिक पुनर्स्थापना गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै हिंसामुक्त समाज बनाउन सबैको ऐक्यबद्धतामा जोड दिएका थिए । त्यसैगरी समाजमा हुनेगरेका लैङ्गिक हिंसा र अपराधिक कृयाकलापको अन्त्य गर्न विशेषगरि महिलाहरु सचेत हुनुपर्ने तथा मानव बेचबिखन नियन्त्रण गर्नको लागि सम्बन्धित सरोकारवाला निकायको विशेष भूमिका आवश्यक रहेको जनाएका थिए ।

माडी नगरपालिकाको आयोजना र के.आई.नेपाल, चितवन सक्रिय महिला प्रतिष्ठान, महिला अधिकार मञ्च माडी र सीप नेपालको सह-आयोजनामा सम्पन्न सो कार्यक्रम अन्तरगत लैङ्गिक हिंसा सम्बन्धि सचेतनामुलक प्लेकार्ड सहित माडी नगरपालिका कार्यालयबाट निकालिएको -यालीले सुरुवातमा बसन्तपुर बजार परिक्रमा गरेको थियो । माडी नगरपालिका महिला समन्वय समितिका संयोजक कोेपिला सिवाकोटीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि भने प्रदेश सभा साँसद घनश्याम दाहाल अविनाथ र विशिष्ट अतिथि माडीका नगर प्रमुख ठाकुरप्रसाद ढकाल रहनुभएको थियो ।

SwadeshPost