माडी मा.विकाे शैक्षिक गुणस्तर सुधार तथा भावि योजना सम्बन्धी अन्तरकृया सम्पन्न

158
SwadeshPost

माडी माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा भावि योजना निर्माण सम्बन्धी एकदिने अन्तरकृया कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर सुधारको पञ्चवर्षीय योजना पेश गरिएको माडी माध्यामिक विद्यालयका प्रधानाध्यापक भूपेन्द्र पौडेलले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रभानन्द तिवारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल प्रमुख अतिथि र नगर उपप्रमुख ताराकुमारी काजी महतो एवं नगर शिक्षा शाखा उपसचिव बद्री नारायण भट्टराई विशिष्ट अतिथि रहनुभएको थियो । त्यसैगरी कार्यक्रममा वडाध्यक्ष परन महतो र भरत गुरुङ, छिमेकी विद्यालयहरुका प्रधानाध्यापकहरुसंगै अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

SwadeshPost