महिला स्वास्थ्य स्वयंसेविका दिवस को अवसरमा माडीमा खुला रक्तदान कार्यक्रम सम्पन्न

1.53K
SwadeshPost

महिला स्वास्थ्य स्वयंसेविका दिवस २०७५ को अवसरमा बुधबार माडी नगरपालिकाकाे प्राङगढमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “महिला स्वस्थ स्वयंसेविकाको सेवा, स्वस्थ समाजको लागि टेवा” भन्ने मुल नाराका साथ माडी नगरपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा सम्पन्न सो कार्यक्रममा ३१ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो ।

माडी नगरपालिकाका नगरप्रमुख ठाकुरप्रसाद ढाकालले पहिलो रक्तदाता तुलसी अधिकारीको रगत भर्ने ब्याग प्राविधिकलाई हस्तान्तरण गरी रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । स्वयंसेवाको क्षेत्रमा सक्रिय सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले आज अर्थात् डिसेम्बर ५ मा विभिन्न कार्यक्रम गरी महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाउने गर्दछन् ।

SwadeshPost