आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

देश-प्रदेश खबर पोष्ट

पुर्वमन्त्री पाण्डेविरुद्ध अनियमितता गरेको आरोपसहित विशेष अदालतमा मुद्धा दायर

  • A
  • A+
  • A++

माडी क्षेत्रका पूर्व सांसद एवं कालिका कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । पूर्व भूमिसुधार मन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का बहालवाला उपाध्यक्ष समेत रहनुभएका नेता पाण्डेमाथि पश्चिमी नेपालको बाँके जिल्लामा सञ्चालित राष्ट्रिय गौरबको सिक्टा सिंचाई आयोजनामा अनियमितता गरेको आरोपसहित आज शुक्रबार विशेष अदालतमा मुद्धा दायर गरेको हो । उहाँसंगै अन्य बीस जनालाई पनि मुद्धामा प्रतिवादी बनाइएको छ ।

विज्ञापन १

कालिका कन्स्ट्रक्सनले बनाएको सिक्टा सिंचाई आयोजना अन्तर्गतको नहर परीक्षणक्रममा भत्किएको थियो । मन्त्री पाण्डेविरुद्ध अख्तियारले दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय २० रुपैयाँ बिगो दाबी गरेको हाे । पाण्डेसहित कन्सल्टेन्ट उद्धवराज चौलागाई र चारजना आयोजना प्रमुखहरू रमेश बस्नेत, दीलिपबहादुर कार्की, सरोजचन्द्र पण्डित र सर्वदेव प्रसादसंगै कुल २१ जनाविरुद्ध मुद्दा दायर भएकाे अख्तियारले जनाएकाे हाे ।

विज्ञापन २

विज्ञापन ३

तपाईको प्रतिक्रिया