ओशोनिक केबल टि.भी. (प्रा.) लि. ले माडीमा प्राविधीक काम सुरुवात

308
SwadeshPost

माडीमा केबुल लाइन बिस्तारको इजाजतपत्र प्राप्त गरेको ओशोनिक केबल टि.भी. (प्रा.) लि. ले शुक्रबारदेखि प्राविधीक काम सुरुवात गरेको छ । माडीको बघौंडा गाउँनजिकै दुईतले घरमाथी डिस छाता जडान गरी सो केबल टि.भी.ले काम थालनी गरेको हो । सिम टिभीसंगको सहकार्यमा सो कम्पनीले माडीमा फाइबर टु द होम प्रणालीको केबुल टेलिभिजन नेटवर्क स्थापना गर्न लागेको हो ।

माडीभर फाइबरमार्फत एकैचोटी टेलिभिजनसंगै इन्टरनेट सेवा समेत प्रदान गर्ने सकिने कम्पनीले जनाएको छ । सुरुवातमा बसन्तपुर र बरुवा बजारमा फाइबर सञ्जालमार्फत केबुल टिभी र इन्टरनेट प्रदान गरिने र यसलाई क्रमशः बिस्तार गरिँदै लगेर माडी उपत्यकाभर पु-याइने ओशोनिक केबुल टि.भी.का सञ्चालक निरोज चौधरीले स्वदेश एफ.एम.लाई जनाउनुभयो । सो कम्पनीले गत २०६३ देखि २०६६ सालसम्म एनालग प्रणालीमार्फत माडीको बसन्तपुरमा केबुल लाइन बितरण गरेको थियो । तर सो समयमा बिद्युतसेवाको समस्याका कारण केबुल लाइन नियमित हुन सकेको थिएन ।

SwadeshPost