चेपाङ विद्यार्थीहरु रहेकाे पुर्वी माडीकाे गोबिन्दबस्ती छात्राबास आर्थिक संकटमा

128
SwadeshPost

पुर्वी माडीको बगहीँस्थित आधारभुत विद्यालय गोबिन्दबस्तीको छात्राबासमा चेपाङ समुदायका करीब ७४ जना छात्रछात्राहरू बस्दै आएका छन । वि.सं २०७४ साल भदौ ५ गते माडी नगरपालिका वडा नं. ९ कार्यालयमार्फत भाँडाकुडाँ सहयोग पश्चातः ५२ जना विद्यार्थीहरुसंगै स्थापित सो छात्राबासमा हाल २९ जना छात्र र ४५ जना छात्रा गरि कुल ७४ जना चेपाङ विद्यार्थीहरु बस्दै आएका हुन् ।

स्थापनाकालमा केहि संघसंस्थामार्फत सहयोग रकम प्राप्त भएपनि आर्थिक अभावको कारण हाल छात्राबासमा बस्ने विद्यार्थीहरुलाई खान तथा न्यानो लुगा लगायतका आधारभुत आवश्यकता पुरागर्न समेत समस्या परिरहेको छ । चेपाङ भाषाबोल्ने बालबालिकाहरु माडीको बगई, प्याउली र कुसुमखोलाबाट अध्ययन गर्न आउँदा पैदल यात्रा सम्भव नदेखिएकोले विद्यार्थीहरुको अध्ययन सहजताका लागि छात्राबास सञ्चालनमा ल्याएको आधाभुत विद्यालय गोबिन्दबस्तिका प्रधानाध्यापक विश्वनाथ घिमिरेले बताउनुभयो । विद्यालयमा छात्राबास सञ्चालनमा आएपछि आफ्ना विद्यार्थीहरु पढाइमा जान्ने भएको र जंगली जनावरको पनि डर नहुने भएकोले छात्राबासले धेरै सुविधा दिएको छात्राबासका एक विद्यार्थीको अभिभावक बिमलामया प्रजा बताउनुहुन्छ ।

छात्राबासले विद्यार्थीको अध्ययनमा सहजता र शैक्षिक गुणस्तर वृद्धिमा महत्वपुर्ण भमिका खेलेको भएपनि विद्यालयमा सञ्चालित सो छात्राबास आर्थिक अभावको कारण विद्यार्थीहरु नुन खुसार्निसंग दाल मिसाएर समेत खानपर्ने अवस्था आएको विद्यालका प्रधानाध्यापक विश्वनाथ घिमिरेले बताउनुभयो । स्वदेश एफ.एम.को टोली आज सो विद्यालय पुग्दा प्रधानाध्यापक घिमिरेले निकट भविष्यमा सहयोग जुटाएर हालको परिस्थिति हटाउन लागिपरेको जनाउनुभएको हो ।

यसैबिच, छात्राबासको आज मौरी समुह भरतपुरले निरिक्षण संगै राहत उपलब्ध गराएको छ । कार्यक्रम मार्फत सो समूहले चामल, दाल, सायोबिन, तेल लगायतका खाद्यन्न समाग्रीहरु उपलब्ध गराएको हो ।

SwadeshPost