हात्तीको आक्रमणममा परी मृत्यु भएका दुवै महिलाकेा परिवारलाई माडी ठोरी रुटका बस व्यवसायीद्वारा नगद सहयोग

147
SwadeshPost

जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएका माडी टम्टामा दुईजना महिलाको परिवारलाई माडी ठोरी रुटका बस व्यवसायीहरुले नगद सहयोग गरेका छन् । सोमबार बिहान शोकाकूल परिवारजनलाई भेटी ठोरी माडी हुँदै काठमाण्डौं सम्म बस सञ्चालन गर्ने यातायात ब्यवसायीहरुले शाेकाकूल परिवारहरूलाई २० हजार १०० रूपैंया नगद हस्तान्तरण गरिएको माडी यातायात उपसमितिका सदस्य अनिल घिमिरेले जानकारी दिनुभयो ।

यसैबिच, माडी नगरपालिकाले समेत शोकाकूल परिवारलाई क्रियाखर्चबापत रकम सहयोग गरेको छ । माडी नगरपालिकाद्वारा मृतकका परिवारलाई क्रियाखर्चबापत २५/२५ हजार नगद हस्तान्तरण गरिएको हो । त्यसैगरी मृतकका बालबच्चाको शैक्षिक अध्ययनका लागि रु पाँच लाखको कोष स्थापना समेत गरिएको छ । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले सो रकम पीडित परिवार सदस्यलाई हस्तान्तरण गर्नुभएको हो । गत मंसिर १२ गते दिउँसो करीब ३ बजे माडी नगरपालिका वडा नं. ९, टम्टा निवासी बर्ष ३५ की शुसिला भण्डारी र सोही वडा निवासी बर्ष ६० की कृष्णकली पौडेलको हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो ।

SwadeshPost