ब्रह्मज्योति आधारभुत विद्यालयलाई प्रोजेक्टर र विद्युतिय हाजिरी सामाग्री हस्तान्तरण

152
SwadeshPost

माडीको ब्रह्मपुरीस्थित ब्रह्मज्योति आधारभुत विद्यालयलाई श्रव्यदृश्य समग्री प्रोजेक्टर र विद्युतिय हाजिरी सामाग्री हस्तान्तरण गरिएको छ । विद्यालयको अक्षयकोष व्यवस्थापन समितिद्वारा मंगलबार विद्यालयलाई सो सामग्रीहरु हस्तान्तरण गरिएको हो । विद्यालय ३ लाख २० हजार रुपैयाँमा स्थापना गरिएको अक्षयकोषको ब्याज रकमबाट विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिको निम्ति सो सामाग्रीहरुहरु प्रदान गरिएको अक्षयकोष व्यवस्थापन समितिका अध्यक्ष झलकराम बरालले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमनारायण पोख्रेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अक्षयकोष व्यवस्थापन समितिका अध्यक्ष झलकराम बराल र विद्यालयका सल्लाहकार संयोजक भीमसेन विश्वकर्मा अतिथि रहनुभएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षकशिक्षिकासंगै अभिभावकहरु लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक गंगाराम रानाभाटले गर्नुभएको थियो ।

SwadeshPost