सोमबार, माघ ०७, २०८१
सोमबार, माघ ०७, २०८१

खेल र खेलाडी पोष्ट

आर्थिक अभावका कारण माडीका खेलाडीहरु अन्तराष्ट्रिय स्तरको मार्सल आर्टस् प्रतियोगितामा सहभागि हुन पाएनन

  • A
  • A+
  • A++

फिलिपिन्समा आयोजित अन्तराष्ट्रिय स्तरको मार्सल आर्टस् तालिम एवं प्रतियोगितामा छनौट भएका माडीका दुईजना खेलाडीहरु आर्थिक अभावका कारण काठमाडौंबाटै फर्किनुपरेको छ । करीब ३ बर्षदेखि माडीका विभिन्न ठाउँहरुमा तेक्वान्दो प्रशिक्षण सञ्चालन गर्दै आएको अल मार्सल आर्टस् माडीका खेलाडीद्वय सन्तोष मर्दनीया र जयप्रकाश सहनी आर्थिक अभावका कारण राजधानीबाट फर्किनुपरेको हो । सुरुवातमा प्रतियोगिताको लागि प्रतिव्यक्ति ६० हजार रुपैंया खर्च हुने भनिएकोमा त्यति रकमको जोहो गरी फिलिपिन्स उडानका लागि दुबैजना काठमाडौं पुगेका थिए । तर नेपाली पक्षका व्यवस्थापकले लागत बढेर प्रतिव्यक्ति करीब १ लाख ३० हजार पुगेको जनाएपछि दुबैजना प्रतियोगितामा सहभागी नभई माडी फर्किएका हुन् ।

विज्ञापन १

फिलिपिन्समा आयोजित सो अन्तराष्ट्रिय प्रतियोगितामा नेपालबाट छनौट भएका खेलाडीद्वय मर्दनीया र सहनीलाई माडी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष पुरन महतोले खादा ओढाई बिदाइ गर्नुभएको थियो । प्रतियोगिता अन्तरगत मर्दनीयाले ४० के.जी. समूहमा तथा सहनीले ४५ के.जी. समूहमा प्रतिस्पर्धा गर्ने तालिका रहेको थियो । आयोजकले भिसा खर्च र खान बस्न व्यवस्था गरेको भएपनि उडान टिकटको खर्च भने खेलाडीलाई नै व्यहोर्न लगाइएपछि दुबैजना फर्किएका हुन् । आर्थिक अभावका कारण काठमाडौंबाटै फर्किनुपरेपछि दुबैजना निराश बनेका छन् । यसअघि तेक्वान्दो खेलाडी मर्दनीयाले थाइल्याण्डमा आयोजित अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी नेपालका लागि रजत पदक दिलाइसकेका छन् ।

विज्ञापन २

विज्ञापन ३

तपाईको प्रतिक्रिया