एकीकृत मगुई सिंचाई जल उपभोक्ता समितिको तेश्रो बार्षिक साधारणसभा सम्पन्न

343
SwadeshPost

एकीकृत मगुई सिंचाई जल उपभोक्ता समितिको तेश्रो बार्षिक साधारणसभा शुक्रबार सिधुवाको खुल्ला चौरमा सम्पन्न भएको छ । समितिका अध्यक्ष प्रभानन्द तिवारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि माडी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष चन्द्रदीप महतो रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महतोले सिंचाई योजनालाई सफल बनाउन उपभोक्ताहरु थप सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

१८ करोड लागत रहेको सो परियोजना अन्तरगत मगोई खोलामा तटन्धन र नहर बनाउने काम सुरुवात भएको हो । तर वातावरणीय प्रभाव मुल्यांकन नहुँदा र ठेकदार पक्षबाट पर्याप्त ध्यान नपुग्दा योजनाका कामहरु अति सुस्त गतिमा अगाडी बढेको सार्वजनिक गुनासो रहेको छ । योजना सम्पन्न हुँदा माडी नगरपालिकाको वडा नं. २, ३, ४ र ५ गरी चारवटा वडाहरुमा लाई सिंचित सुबिधा पुग्नेछ ।

SwadeshPost