नगरप्रमुख ढकाल नेतृत्वको टोलीद्वारा माडीका विविध समस्याहरुका बिषयमा प्रधानमन्त्रीसंग भेट

326
SwadeshPost

माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल नेतृत्वको टोलीले निकुञ्ज सिर्जित तथा अन्य समस्याहरुका बिषयमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्षद्वयसंग भेटसम्वाद गरेको छ । विगत दुई दिनदेखि राजधानी काठमाडौंमा डेलिगेसनमा रहेको सो टोलीले चितवन राष्ट्रिय निकुञ्जको नियमक २०२९ सालको ऐन शंसोधनका बिषयलाई प्राथमिकतामा राखी केन्द्रीय तहमा भेटघाट गरेको हो ।

छलफलमा निकुञ्ज ऐनको जनपक्षीय संशोधन तथा माडी क्षेत्रमा सडक, पुल आदि निर्माणमा भइरहेको अवरोधका बिषयमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्षद्वयको गम्भीर ध्यानाकर्षण भएको र त्यसको निदानका लागि उहाँहरु सकारात्मक हुनुभएको नगरप्रमुख ढकालले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । भेटसम्वादमा रीउ करिडोरसंगै बाढीले गरेको क्षतीको पुननिर्माणका बिषयमा समेत सकारात्मक कुराकानी भएको छ ।

टोलीमा नगरप्रमुख संगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माडीका नेताहरु नारदमणी पौडेल, श्याम बिष्ट, प्रेम तिमिल्सिना, नारायण पौडेल, सुमन बराल, दण्डपाणी पौडेल र शिवजी गायक लगायतको सहभागिता रहेको छ । दुईदिन अघि काठमाडौं पुगेको सो टोलीले यसअघि नेपाल सरकारका बन तथा भू-संरक्षण मन्त्री शक्ति बहादुर बस्नेत र बनसचिव डा. विश्वनाथ ओलीसंगै निकुञ्ज विभागका महानिर्देशक र अन्य सरोकारवालाहरुसंग भेटघाट गरेको थियो । भेटमा निकुञ्जको ऐन शंसोधनसंगै बाँदरझुला बस्तीको दीर्घकालीन व्यवस्थापन तथा त्यस रुटबाट सार्वजनिक बस सञ्चालनको कुराकानी भएको जनाइएको नगरप्रमुख ढकालले जनाउनुभयो । (फोटो: श्याम बिष्ट)

SwadeshPost