माडी नगर अपांगता उत्थान समन्वय समितिको तेश्रो बार्षिक साधारणसभा माडी बसन्तपुरमा सम्पन्न

96
SwadeshPost

माडी नगर अपांगता उत्थान समन्वय समितिको तेश्रो बार्षिक साधारणसभा शनिबार माडीको बसन्तपुरमा सम्पन्न भएको छ । “फरक क्षमता भएका व्यक्तिहरुको सरोकार, समानुपातिक तथा समावेशिताको अधिकार” भन्ने नारासहित सञ्चालित कार्यक्रममा माडी नगरपालिका नगरप्रमुख ठाकुरप्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियोभने माडी नगर अपाङ्गता उत्थान समन्वय समितिका अध्यक्ष यमबहादुर अधिकारीको अध्यक्षता रहेको थियो ।

समितिका सहसचिव प्रेम प्रसाद पौडेलले संस्थाको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको सो कार्यक्रममा आर्थिक वर्ष २०७५/७६ कार्यक्रमहरु अन्तरगत माडीका माध्यामिक विद्यालयहरुमा वक्तृत्वकला प्रतियोगिता संचालन गर्ने, अपाङ्ग परिचयपत्र वितरण कार्यक्रम निरन्तर संचालन गर्ने, अपाङग बालबालिका विद्यार्थीहरुको तथ्याङक संकलन गरी छात्रवृत्ति वितरण गर्ने, कानुनी हक अधिकार र आयआर्जनका कार्यहरु संचालन गर्ने लगायतका कार्ययोजनाहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख ढकालले आर्थिक तथा शारीरिक रुपले विपन्न परिवारलाई नगरपालिकाले सहयोग गर्ने बताउँदै, आफुसंग भएका शीप क्षमतासंगै केहि गर्छौ भन्ने धेयले आउन समेत सबैमा आव्हान समेत गर्नुभयो । फरक क्षमता भएका २ जनालाई नगरपालिकाले उचित अवसर प्रदान गर्नेसमेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

SwadeshPost