
कृषक उपकार मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं बार्षिकोत्सव शनिबार सम्पन्न भएको छ । माडी नगरपालिका वडा नं. २ भैरवपुरस्थित सहकारी भवनमा सञ्चालित सो कार्यक्रममा सहकारीको सञ्चालक समिति, कर्मचारी र सेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

सहकारीका अध्यक्ष देबेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि माडी नगरपालिकाका सहकारी संयोजक एवं वडा नं. २ का वडाध्यक्ष ईश्वरी प्रसाद ढकाल रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सोही सहकारीका पूर्व व्यवस्थापक समेत रहनुभएका वडाध्यक्ष ढकालले माडी नगरपालिकाले किसानहरुलाई चार प्रतिशत व्याजदरमा सुलभ ऋण उपलब्ध गराउने प्रकृया सुरुवात हुन लागेको जनाउनुभयो । यसका लागि हरेक वडा कार्यालयहरुमा कृषकहरुले आवेदन गरिसकेको र माडीका चारवटै साना किसान कृषि सहकारी संस्थाहरुले छिट्टै प्रक्रिया पुरा गरी ऋण प्रवाह गर्ने उहाँको भनाई थियो ।


यसैबिच, बार्षिकोत्सवको अवसर पारी कृषक उपकार मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले विभिन्न पक्षहरुमा उत्कृष्ट कारोबार गर्ने सेयर सदस्यहरुलाई सम्मानित गरेको छ । सहकारीले असल बचतकर्ताका रुपमा पुष्पा अधिकारी, रीता पौडेल, दिनानाथ अधिकारी, राधिका महतो, मेलिना खड्का, ललित महतो, जोगाराम महतो र मंगली दराईलाई सम्मान गरेको हो । त्यसैगरी असल व्यवसायीका रुपमा कुमारी के.सी., श्रीकृष्ण ढकाल, होमकुमारी लामिछाने, दिनेश गुरुङ, बिनोद सुवेदी, मोहन भण्डारी, पूर्ण बहादुर कामी, अम्बिका मिश्र, रामेश्वर चौधरी, सरोज शाह र पुष्पा अधिकारीलानई सम्मानित गरेको थियो । त्यस्तै, सहकारीका ज्येष्ठ सेयर सदस्यहरु शेषकान्त ढकाल, कामती पैनी, देबीलाल पौडेल, मोहदत्त काफ्ले, बमभोला महतो, गंगाधर पौडेल, हरिकला पौडेल र सन्तमाया दमाईलाई सम्मानित गरिएको थियो । बार्षिकोत्सवकै अवसर पारी सो सहकारीका सेयर सदस्यका सन्तानहरुमध्ये एस.इ.ई. तहमा सर्बाधिक ग्रेड ल्याएका सुदीप ओझा र रोशनी पौडेल तथा उच्च माध्यमिक तहमा सर्बाधिक अंक हासिल गरेका गरिमा भुर्तेल र सुजन पौडेललाई समेत सम्मान गरिएको थियो ।
