११ बर्षका बालकद्वारा ३ बर्षीया बालिकालाइ बलात्कारको प्रयास

240
SwadeshPost

मध्य माडीको कल्याणपुरमा ११ बर्षका बालकले ३ बर्षीया बालिकालाई बलात्कारको प्रयास गरेका छन् । माडी नगरपालिका वडा नं. ६, तमुचोकमा बसोबास गर्ने जगदीश मुखियाका ११ बर्षका छोरा अर्जुन मुखियाले सोही ठाउँमा बसोबास गर्ने ३ बर्ष २ महिना उमेरकी एक बालिकालाई शनिवार बिहान करीब ११ बजे घरपछाडी परालको कुन्युमा लगी बलात्कारको प्रयास गरेका हुन् ।

बच्चाहरु खोज्दै स्थानीय अभिभावकहरु कुन्युमा पुग्दा सो घटना भइरहेको देखेका थिए । त्यसलगत्तै बालक मुखियालाई घरमा ल्याई बाँधेर सामान्य कुटपीटसहित सम्झाई बुझाई गरेका थिए । घटनाबारे स्वदेश एफ.एम.मार्फत जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालयको टोली सो ठाउँमा पुगी बालकलाई बाँधिएको डोरी खोलेर दुबैजना बालबालिकासंगै उनीहरुको अभिभावकलाई बसन्तपुर ल्याएको छ । घटनामा संलग्न बालबालिकाको मेडिकल परीक्षण गरी अनुसन्धान अघि बढाउने प्रहरीको भनाई छ ।

घटनास्थल पुगेका स्वदेशकर्मीलाई बालक मुखियाले भारतीय टेलिभिजन च्यानलहरुमा आउने अपराध सिरियलहरु हेरेर त्यसप्रकारको काम गर्न मन लागेको जनाए । आफूले क्राइम फाइल सिरियलहरु नियमित हेर्ने गरेको र त्यसैबाट सिकेको बताएका उनले त्यस्तो कार्य गलत भएको आफूलाई थाहा भएको समेत जनाएका थिए ।

SwadeshPost