माडीमा शल्यक्रिया सहितको आँखा शिविर सञ्चालन हुने

130
SwadeshPost

माडीमा शल्यक्रिया सहितको आँखा शिविर सञ्चालन हुने भएको छ । भरतपुर आखा अस्पताल, माडी नगरपालिका र आँखा उपचार केन्द्र माडीको संयुक्त आयोजनामा माडीका विभिन्न स्थानहरुमा पौष ८ देखि १२ गते सम्म शिविर सञ्चालन हुनेछ ।

शिविरको पहिलो दिन पौष ८ गते माडीको गर्दी स्वास्थ्य चौकीमा, पौष ९ गते अयोध्यापुरी स्वास्थ्य चौकीमा तथा पौष १०, ११ र १२ गते माडी आँखा उपचार केन्द्र बसन्तपुर गाउँमा शिविर संचालन हुने छ । सुरुवातका दुईदिन आँखा परीक्षण एवं निःशुल्क औषधि वितरण हुने तथा पौष १० देखि भने निःशुल्क आँखा परीक्षणको अलावा आँखाको शल्यक्रियाको सेवा समेत उपलब्ध रहने जनाइएको छ । आँखाको अप्रेसन गर्दा आँखामा लेन्स राख्नुपर्ने अवस्थामा भने रु १ हजार शुल्क लाग्ने तर अन्य सम्पूर्ण सेवा निःशुल्क रहने आयोजक पक्षले जनाएको छ । शिविरमा सहभागी भई सेवा लिन आयोजकले सबैमा अनुरोध गरेको छ ।

SwadeshPost