बैकुण्ठे क्षेत्रको गुरुयोजना निर्माण प्रक्रिया अगाडि बढ्याे

132
SwadeshPost

मध्यपूर्वी माडीमा रहेको चर्चित पर्यटकीय गन्तव्यस्थल बैकुण्ठे क्षेत्रको बृहत्तर विकासका लागि गुरुयोजना निर्माण प्रक्रिया अगाडि बढेको छ । गुरुयोजना निर्माणका लागि इञ्जिनियरहरु सहितको टोलीले काम गरिरहेको र आउँदो पुस ५ गते सो टोलीले बैकुण्ठे क्षेत्रमा पुगी स्थलगत अध्ययन गरी थ्रि. डी. चित्राकंनसहितको नक्सा र डि.पी.आर. तयार पार्न लागेको बैकुण्ठे क्षेत्र रहेको वडा नं. ८ का वडाध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।

बैकुण्ठे क्षेत्रमा बालाचतुर्दशीको अवसरमा भव्य मेला लाग्नुका साथै दिनहुँजसो बनभोज टोली पुगिरहेको हुन्छ । सो क्षेत्रको गुरुयोजना निर्माण गरी बृहत्तर विकास गर्न सके सो क्षेत्र माडीसंगै मध्य नेपालकै एक प्रमुख गन्तव्यस्थान बन्ने देखिन्छ ।

SwadeshPost