माडीको रेवा त्रिवेणी क्षेत्रमा श्रीमद्भागवत महाज्ञान सप्ताह महायज्ञ हुने

292
SwadeshPost

धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले माडीको रेवा त्रिवेणी क्षेत्रमा श्रीमद्भागवत महाज्ञान सप्ताह महायज्ञ हुने भएको छ । शिवालय मन्दिर, तलाउ र सत्तल लगायतका संरचना बनाउन आउँदो पौष २६ गतेदेखि माघ २ गतेसम्म माडीको दिवानगरस्थित रेवा त्रिवेणी धाममा सप्ताह ज्ञान महायज्ञ हुने भएको हो । त्रिबेणी धाम मन्दिर व्यवस्थापन समितिको आयोजनामा हुने सो महायज्ञको तयारी साेमबारबाट औपचारिक रुपमा सुरुवात भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढाकामोहन तिमिल्सिनाले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । यसै सन्दर्भमा साेमबार माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकालले सो मन्दिर परिसरको अवलोकन समेत गर्नुभएको थियो ।

रीउ, परुई र टुनामुना खोलाको संगमका रुपमा रहेको दिवानगरस्थित सो क्षेत्रमा ४७ माडीकै अग्लो मन्दिरका रुपमा जगबाट ४७ फिट अग्लो मन्दिर निर्माण गरिएको छ, जहाँ माडीकै अग्लो करीब ७ फिट उचाई भएको शिव भगवानको मुर्ती प्रतिस्थापन भएको छ । मन्दिर परिसरमा हाल करीब ३ बिगाहा क्षेत्रफलमा तलाउ बनिसकेको छ । मन्दिर निर्माणको काम करीब ५० प्रतिशत पुरा भइसेकेको र आउँदो माघे संक्रान्तिको दिन माघी मेला सहित त्यसको उद्घाटन गर्ने समितिको योजना रहेको छ ।

SwadeshPost