व्यवसायिक गाईपालक कृषकलाई लक्षित गरी माडी न.पा द्वारा काउ म्याट वितरण

944
SwadeshPost

व्यवसायिक गाईपालक किसानहरुलाई लक्षित गरी माडी नगरपालिकाले काउ म्याट वितरण गरेको छ । व्यवसायिक पशुपालक कृषक समाज माडीको सहकार्यमा नगरपालिकाको पशुपंक्षी शाखाले म्याट वितरण गरेको हो । म्याटमा माडी नगरपालिकाको ६० प्रतिशत अनुदान र किसानको ४० प्रतिशत सहभागिता रहेको छ ।

ठूला गाईहरुलाई चिसोबाट जोगाउन तथा भुँइमा पानी जम्न नदिन र गाईहरु आरामले बस्न मिल्ने ८० वटा काउ म्याटहरु व्यवसायिक गाईपालक कृषकहरुलाई वितरण गर्ने नगरपालिकाको योजना रहेकोमा बुधबार ६० जना कृषकहरुलाई म्याट वितरण गरिएको थियो । कृषकहरुलाई आज माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकालले काउ म्याट वितरण गर्नुभएको हो ।

SwadeshPost