मध्यपूर्वी माडीमा सफलतापूर्वक डुङ्गा परीक्षण

215
SwadeshPost

मध्यपूर्वी माडीको दिवानगरस्थित रीउ, परुई र टुनामुना खोलाको संगमस्थल त्रिबेणी कुण्डमा बुधबार सफलतापूर्वक डुङ्गा परीक्षण गरिएको छ । चारवटा ड्रम जोडीएको काष्ठनिर्मित डुङ्गा बुधबार त्रिबेणी कुण्डमा सञ्चालन गरिएको हो । कुण्डको क्षेत्रफल भने करीब ३ बिगाहा रहेको छ ।

यसैबिच, धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले माडीको रेवा त्रिवेणी क्षेत्रमा शिवालय मन्दिर, तलाउ र सत्तल लगायतका संरचना बनाउन श्रीमद्भागवत महाज्ञान सप्ताह महायज्ञ हुने भएको छ । आउँदो पौष २६ गतेदेखि माघ २ गतेसम्म माडीको दिवानगरस्थित रेवा त्रिवेणी धाममा सप्ताह ज्ञान महायज्ञ हुने भएको हो । सो क्षेत्रमा जगबाट ४७ फिट अग्लो मन्दिर निर्माण गरिएको छ, जहाँ माडीकै अग्लो करीब ७ फिट उचाई भएको शिवमुर्ती प्रतिस्थापित छ ।

SwadeshPost