माडीको ज.क मा.वि र दिवाकर स्मृति विद्यालय रमाइलोडाँडामा ४/४ कोठे भवनको शिलान्याश

154
SwadeshPost

जिल्ला आयोजना कार्यान्वयन इकाई – शिक्षा को सहयोगमा माडीको कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालय र रमाइलोडाँडास्थित दिवाकर स्मृति विद्यालयमा ४/४ कोठे भवनको शिलान्याश भएको छ । दुईवटै भवनको बुधबार औपचारिक शिलान्यास गरिएको हो ।

दुबै भवनको जिल्ला आयोजना कार्यान्वयन शिक्षा इकाईका प्रमुख भक्त बहादुर सेञ्चुरी र माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकालले बुधबार संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो । दुईवटै विद्यालयमा करीब ७१ लाख लागतमा भवन निर्माण हुन लागेको हो । भवनको सम्पूर्ण लागत जिल्ला आयोजना कार्यान्वयन इकाई -शिक्षा, भरतपुरले व्यहोर्नेछ । वरपरका विद्यालयहरुबाट समायोजन भई यस बर्ष विद्यार्थीहरुको चाप उच्च भएसंगै दुबै विद्यालयलाई कक्षाकोठाको अभाव भएको हो ।

SwadeshPost