माडीकाे सोमेश्वरगढीको पर्यटन विकासका लागि ५० लाख रकम विनियोजित

117
SwadeshPost

नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले सोमेश्वरगढीको पर्यटन विकासका लागि ५० लाख रकम विनियोजन गरेको छ ।

सो मन्त्रालयले जारी आर्थिक बर्षको कार्यक्रम अन्तरगत देशका प्रमुख १०० वटा पर्यटकीय गन्तव्यस्थलको सुची प्रकाशन गर्दा माडीको सोमेश्वर क्षेत्रलाई समेत समेटेकोमा सोमेश्वर गढीको पर्यटन विकासका लागि सो रकम विनियोजन गरेको हो । सुरुवातमा संघीय सरकारले एक करोड रकम विनियोजन गर्ने जनाएको भएपनि हाल त्यसको आधा रकम मात्रै छुट्याइएको छ । सोमेश्वरगढीका लागि विनियोजित बजेटबाट त्यहाँको पूर्वाधार विकासका विभिन्न कामहरु गरिने पर्यटन विकास समिति माडी नगरपालिकाले जनाएको छ । सो रकमबाट खानेपानीको व्यवस्था, पुरातात्विक महत्वका संरचनाहरुको मर्मत र संरक्षण लगायतका काम गरिने जनाइएको छ ।

SwadeshPost