माडी क्षेत्रबाट जननिर्वाचित संघीय साँसद समेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनलाई विकासको नमुना जिल्लाका रुपमा प्रस्तुत गर्ने भनाई दोहो¥याउनुभएको छ । माडी क्षेत्र समेटिने चितवन क्षेत्र नं. ३ का संघीय साँसद समेत रहनुभएका उहाँले चार बर्षभित्र चितवनका कुनैपनि बाटोलाई धुलो मैलो हुन नदिने दावी गर्नुभयो ।
भरतपुर महानगरपालिकास्थित सहिद स्मृति माध्यमिक विद्यालय पारसनगरको स्वर्ण महोत्सबको अवसरमा आयोजित बृहत धन-धान्याञ्चल ज्ञान महायज्ञको उद्घाटन गर्दै प्रचण्डले चितवनमा हुलाकी सडक, राप्ती र नारायणी नदीमा तटबन्ध सहितको चक्रपथ, क्रिकेट मैदान र सिटिहल निर्माण अघि बढेको जनाउनुभयो । नेकपा नेतृत्वको सरकारले देशमा परिवर्तन ल्याएरै छाड्ने भन्दै उहाँले सबैको सहकार्य भने आवश्यक रहेको बिचार व्यक्त गर्नुभयो । एक फरक प्रसंगमा बोल्दै उहाँले केही दिनदेखि जारी नेकपाको स्थायी कमिटी बैठकमा सौहाद्रपूर्ण वातावरणमा छलफल भैरहेको दावी गर्दै बाहिर मिडियामा अनावश्यक रुपमा नकारात्मक खबरहरु आएको जिकीर गर्नुभएको थियो ।