प्रथम ठोरी महोत्सव-२०७५ को तयारी तीब्र

400
SwadeshPost

‘कृषि, पर्यटन र व्यापारबाट समृद्धिको खाका कोरी, यही पौष १२ देखि २२ गतेसम्म जाऔँ है ठोरी’ भन्ने मुल नारा सहित आयोजना भएको प्रथम ठोरी महोत्सव-२०७५ को तयारी तीब्र पारिएको छ । महोत्सवको विषयमा औपचारिक जानकारी गराउन भोलि शनिबार दिउँसाे ३ बजे महोत्सवस्थलमा पत्रकार सम्मेलन आयोजना गरिएको महोत्सव आयोजक कम्पनीका अध्यक्ष सन्तोष देउजाले जनाउनुभयो ।

ठोरी गाउँपालिका वडा नं. २ मा रहेको पर्यटकीय स्थल राईधारामा पौष १२ गते नेपाल सरकारका नागरिक उड्डयन तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । महोत्सव उद्घाटनको क्रममा ठोरी आइपुग्नुहुने संघीय पर्यटनमन्त्री अधिकारीले ठोरीका विभिन्न रमणीय पर्यटकीय क्षेत्रको भ्रमण गर्ने कार्यक्रम समेत रहेको छ । कार्यक्रममा केन्द्र, प्रदेश र जिल्लास्तरका राजनीतिक, प्रशासनीक एवं सामाजिक अगुवाहरुको आतिथ्यता रहने जनाइएको छ ।

महोत्सवबाट ठोरीको पर्यटन प्रवर्द्धन र ठोरीको पहिचानलाई थप उचाईमा लैजाने उद्देश्य राखिएको आयोजक पक्षको भनाई छ । महोत्सवमा चर्चित कलाकारहरु प्रमोद खरेल, पशुपति शर्मा, राधिका हमाल र टीका प्रसाईंसंगै स्थानीय कलाकारहरुको प्रस्तुति रहने तथा महोत्सवको अवलोकनमा चितवन, पर्सा, मकवानपुर, बारा र भारतका विभिन्न गाउँठाउँहरुबाट दर्शकहरु आउने अपेक्षा रहेको महाेत्सवकाे प्रचारप्रसार संयाेजक प्रेम लामाले जनाउनुभयाे ।

SwadeshPost