लैंगिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी दुइदिने कार्यशाला माडीमा सुरु

215
SwadeshPost

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा आजदेखि लैंगिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी दुइदिने कार्यशाला सुरु भएको छ । माडी नगरपालिकाको समन्वयमा माडी भिलेज लजमा सञ्चालन भइरहेको सो कार्यशाला आइतबारसम्म सञ्चालन हुने माडी नगरपालिकाका सुचना प्रविधी अधिकृत प्रविण भण्डारीले जानकारी दिनुभयो ।

कार्यशालामा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, वडाध्यक्षहरु, कार्यपालिका सदस्य र निर्वाचित महिला प्रतिनिधीहरुको सहभागिता रहेको छ । नगरप्रमुख ढकालले उद्घाटन गर्नुभएको सो कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपाल तथा उपसचिवद्वय इन्द्र कुमारी थपलिया र संग्रहाम सिंह लामाले सहजिकरण गर्नुभएको छ ।

SwadeshPost