सोमेश्वरगढी गुरुयोजनाको थ्रिडी डिजाइन नगरपालिकालाई हस्तान्तरण

233
SwadeshPost

सोमेश्वरगढी गुरुयोजनाको थ्रिडी डिजाइन अाइतबार माडी नगरपालिकालाई हस्तान्तरण गरिएको छ । पर्यटन विकास समिति माडी नगरपालिको सहयोगमा आर.एण्ड आर. ग्रुपले निर्माण गरेको गुरुयोजनाको पुस्तिका आइतबार पावर प्वाइन्ट प्रस्तुतीसहित नगरपालिकालाई हस्तान्तरण गरिएको हो । ग्रुपका तर्फबाट इज्निजियर डाक्टर राजन सुवालले माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकाललाई सो पुस्तिका सहित सि.डी. हस्तान्तरण गर्नुभएको हो ।

गुरुयोजजामा चित्रात्मक प्रस्तुतीकरणमा सोमेश्वर गढी क्षेत्रमा अग्नीकुण्ड व्यवस्थित गर्ने, ढुंगेधाराहरु निर्माण गर्ने, सुबिधासम्पन्न सडक निर्माण गरी पार्किङ स्थल बनाउने, गोलपार्क निर्माण गर्ने, पिकनिक स्पट र संग्रहालय निर्माण गर्ने, सोमेश्वर टावर निर्माण गर्ने, भ्यु टावर बनाउने, ढुंगे डुङ्गा रहेको स्थान व्यवस्थित गर्ने लगायतका योजना रहेका छन् ।

SwadeshPost