शिक्षक भलिबल प्रतियोगिताकाे उपाधि दिवाकर स्मृति विद्यालय, रमाइलोडाँडालाइ

192
SwadeshPost

बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयमा जारी माडी नगरस्तरीय मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता अन्तरगत पुरुष र महिला दुबैतर्फ दिवाकर स्मृति विद्यालय, रमाइलोडाँडाको टोली विजेता बनेको छ ।

महिलाहरुतर्फको खेलमा गत शनिवार नै विजेता भइसकेको दिवाकर स्मृति विद्यालयको ए टोलीले आइतबार पुरुषतर्फको भलिबल प्रतिस्पर्धामा पहिलो स्थान हासिल गरेको हो । पुरुषतर्फ सोमेश्वर माध्यमिक विद्यालय बरुवा दोश्रो तथा माडी माध्यमिक विद्यालय, बसन्तपुरको ए टोली तेश्रो हुन सफल भएको छ । महिलातर्फ यसअघि नै आधारभूत विद्यालय जीवनपुर र आधारभूत विद्यालय सेरुवाको संयुक्त टोली दोश्रो तथा आधारभूत विद्यालय दक्षिण अयोध्यापुरी र गणेश आधारभूत विद्यालय गणेशकुञ्जको संयुक्त टोली तेश्रो भएका थिए ।

पुरुष खेलाडीमा दिवाकर स्मृति विद्यालयका युवराज सुवेदी तथा महिलाहरुतर्फ आधारभूत विद्यालय जीवनपुर र आधारभूत विद्यालय सेरुवाको संयुक्त टोलीकी अम्बिका देवकोटा सर्बोत्कृष्ट खेलाडी घोषित हुनुभयो । प्रतियोगितामा पुरुष शिक्षकहरुको १५ वटा र महिला शिक्षकहरुमा १० वटा टोलीबिच प्रतिस्पर्धा रहेको थियो । प्रतियोगिताको प्रथम, दोश्रो र तेश्रो हुने समुहलाई आजै नगद पुरस्कार क्रमशः ८०००, ५००० र २००० सहित मेडल र ट्रफी प्रदान गरिएको छ ।

SwadeshPost