राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिद्वारा मा.न.पा लाई नदी प्रणाली स्तरिय कार्यक्रम हस्तान्तरण

272
SwadeshPost

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले माडीमा सञ्चालन गरिरहेको नदी प्रणाली स्तरिय कार्यक्रम माडी नगरपालिकालाई हस्तान्तरण गरेको छ । आइतबार माडी भिलेज लजमा एक कार्यक्रमबिच समितिले सो कार्यक्रम नगरपालिकालाई हस्तान्तरण गरेको हो । स्थानीय सरकारको आयोजनामा कार्यक्रम गरिने प्राबधान अनुसार राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले ४ करोड ८२ लाख बजेट रहेको ससर्त कार्यक्रम माडी नगरपालिकालाई हस्तान्तरण गरिएको नगरपालिकाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो ।

माडी उपत्यकामा रहेको खहरे तथा साना र मझौला स्तरका नदीहरुमा तटबन्धन, नदी कटान नियन्त्रण र चुरे श्रृङ्खलाको भू-संरक्षणका विभिन्न कामहरुमा सो बजेट परिचालन हुने जनाइएको छ । यसअघि गत भदौमा सो समितिले रीउ नदीको दीर्घकालीन व्यवस्थापनकालागि रीउ नदीको प्रकोप र प्रभाव क्षेत्रको स्थलगत अध्ययन अवलोकन, तथ्यांक संकलन र सरोकारवालाहरुसंग छलफल गरी माडीमा एकीकृत श्रोत व्यवस्थापन योजना निर्माण गरेको थियो ।

SwadeshPost