दलित हक अधिकार सम्बन्धि १ दिने कानुनी प्रशिक्षण माडीमा सम्पन्न

239
SwadeshPost

दलित हक अधिकार सम्बन्धि १ दिने कानुनी प्रशिक्षण कार्यक्रम साेमबार माडी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । माडी नगरस्तरीय दलित समितिको आयोजना तथा माडी नगरपालिकाको सहयोगमा वडा नं ३, ४ र ५ अन्तरगतका दलित अगुवा र दलित समुदायका व्यक्तीहरुलाई प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा दलित अधिकार सम्बन्धमा दलित अधिकारकर्मी टेकबहादुर विश्वकर्मा र कानुनी परामर्श सम्बन्धमा अधिवक्ता मुना बिक्रम खातीले प्रशिक्षण गर्नुभएको थियो । माडी नगरस्तरीय दलित समन्वय समितिका अध्यक्ष डिलबहादुर गायकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा माडी नगरपालिका उप प्रमुख ताराकुमारी काजी महतो प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा माडी नगरपालिका वडा नं ५ का वडाध्यक्ष रामबन्धु पोख्रेल, दलित समन्वय समिति पधादिकारीहरु, दलित अगुवा, वडा सदस्य लगायतको उपस्थिति रहेको थियो ।

SwadeshPost