माडी– ६ मा वडास्तरीय सार्बजनिक सुनुवाई सम्पन्न

391
SwadeshPost

माडी नगरपालिका वडा नं. ६ को वडास्तरीय सार्बजनिक सुनुवाई साेमबार सम्पन्न भएको छ । वडाको आ.व. २०७५/७६ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई तथा समीक्षा कार्यक्रम वडा कार्यालयमा सम्पन्न भएको हो । वडाध्यक्ष भरत बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडाबासीहरुको सहभागिता रहेको थियो । वडाबासीहरुले वडा कार्यालयका विभिन्न बिषयहरुमा प्रश्न गरेका थिए ।

वडा नं ६ ले तटवन्धनका लागि ८५ लाख खर्च गरिने भएको छ । चन्द्रे खोलाका लागि प्रदेश सरकारको ५० लाख र वडाको १० लाख गरी ६० लाखमा तटवन्धन गरिने माडी नगरपालिका ६ वडाअध्यक्ष भरत वहादुर गुरुङले जानकारी दिनुभयो । यस्तै रिमाल खोला तटवन्धनका लागि वडाको २५ लाखको वजेटमा तटवन्धन गरिने गुरुङले वताउनुभयो । सम्झौता भएपछि यही पुषको अन्त्यवाट काम सुरु गरिने वताइएको छ । यस्तै चन्द्रे खोला स्याल्व कजवे निर्माणका लागि २१ लाखको वजेटमा निर्माण गरिने समेत वताइएको छ । सिचाईंमा समेत वजेट छुट्याइएको वडाअध्यक्ष भरत वहादुर गुरुङले वताउनुभयो ।

यसैबिच, मंगलबार माडी नगरपालिका वडा नं. ३ को सार्बजनिक सुनुवाई हुन लागेको छ । बिहान ११ बजे बसन्तपुर बजारमा वडास्तरीय सार्वजनिक सुनुवाई आयोजना गरिएको वडाध्यक्ष पुरन महतोले जनाउनुभयो ।

SwadeshPost