अयोध्यापुरी स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिविर सञ्चालन

246
SwadeshPost

मध्यपूर्वी माडी खरकट्टास्थित अयोध्यापुरी स्वास्थ्य चौकीमा साेमबार निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । यसअघि, शनिवार बरुवा बजारस्थित गर्दी स्वास्थ्य चौकीमा शिविर सञ्चालन भएको थियो । दुबै शिविरमा गरी करीब २५० जनाको आँखा परीक्षण गरिएकोमा करीब ६० जनालाई मोतियाबिन्दु देखिएको जनाइएको छ । पौष १० गतेबाट १२ गतेसम्म माडी आँखा उपचार केन्द्र बसन्तपुर गाउँमा शिविर संचालन हुने जनाइएको छ ।

भरतपुर आखा अस्पताल, माडी नगरपालिका र आँखा उपचार केन्द्र माडीको संयुक्त आयोजनामा आँखा शिविर सञ्चालन भइरहेको हो । मंगलबार बाट चल्ने शिविरमा निःशुल्क आँखा परीक्षणको अलावा आँखाको शल्यक्रियाको सेवा समेत उपलब्ध रहने जनाइएको छ । आँखाको अप्रेसन गर्दा आँखामा लेन्स राख्नुपर्ने अवस्थामा भने रु १ हजार शुल्क लाग्ने तर अन्य सम्पूर्ण सेवा निःशुल्क रहने आयोजक पक्षले जनाएको छ । शिविरमा सहभागी भई सेवा लिन आयोजकले सबैमा अनुरोध गरेको छ ।

SwadeshPost