कुसुमखोलावासीद्वारा तत्कालका लागि आन्दोलनका कार्यक्रमहरु स्थगन

173
SwadeshPost

कुसुमखोलाको बस्ती व्यवस्थापनका लागि दबाब दिन आन्दोलित भएका कुसुमखोलावासीहरुले तत्कालका लागि आन्दोलनका कार्यक्रमहरु स्थगन गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जले कुसुमखोला बस्तीलाई हटाउने प्रक्रिया चालेको र बस्तीमा शिक्षा, स्वास्थ्य, सञ्चार, यायातात, बिद्युत, खानेपानी लयायतका सेवासुबिधाहरु नपुगेको भन्दै कुसुमखोलाबासीहरुले आन्दोलनको सुरुवात गरेका थिए । आन्दोलनको कार्यक्रम अन्तरगत माडी नगरपालिका वडा नं. ९ र नगरपालिका कार्यालयलाई ज्ञापन पत्र समेत बुझाएका पनि थिए । तर नगरपालिकाले तत्काल सो ठाउँ छोडी अन्यत्र जानु नपर्ने आश्वासन दिएको भन्दै एक महिनाका लागि आन्दोलनका कार्यक्रमहरु स्थगन गरेको कुसुमखोला बस्ती व्यवस्थापन समितिका अध्यक्ष छबि चेपाङले जनाउनुभयो ।

हाल कुसुमखोलामा १६० घरधुरीमा करीब ५५० जना बसोबास गर्दै आइरहेका छन् । सो क्षेत्रमान बहुसंख्यक चेपाङ समुदायको बसोबास रहेको छ भने त्यहाँ तामाङ, नेवार र भुजेल समुदायको समेत बसोबास रहेको छ ।

SwadeshPost