दलित हक अधिकार सम्बन्धि १ दिने कानुनी प्रशिक्षण कार्यक्रम बरुवामा सम्पन्न

95
SwadeshPost

दलित हक अधिकार सम्बन्धि १ दिने कानुनी प्रशिक्षण कार्यक्रम मंगलबार माडीको बरुवामा सम्पन्न भएको छ । पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको सभाहलमा सम्पन्न सो कार्यक्रममा माडी नगरपालिका वडा नं. १ र २ का दलित अगुवा र दलित समुदायका व्यक्तिहरुलाई प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा दलित अधिकार सम्बन्धमा दलित अधिकारकर्मी टेकबहादुर विश्वकर्मा र कानुनी परामर्श सम्बन्धमा अधिवक्ता मुना बिक्रम खातीले प्रशिक्षण गर्नुभएको थियो । माडी नगरस्तरीय दलित समन्वय समितिका अध्यक्ष डिलबहादुर गायकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकाल प्रमुख अतिथि रहनुभएको थियो ।

SwadeshPost