माडी वडा नं. ३ को वडास्तरीय सार्बजनिक सुनुवाई तथा चौमासिक समीक्षा कार्यक्रम सम्पन्न

117
SwadeshPost

माडी नगरपालिका वडा नं. ३ को वडास्तरीय सार्बजनिक सुनुवाई तथा चौमासिक समीक्षा कार्यक्रम मंगलबार बसन्तपुरस्थित वडा कार्यालयमा सम्पन्न भएको छ ।

कार्यक्रममा जारी आर्थिक बर्षका लागि १ करोडका विभिन्न योजनाहरु सार्वजनिक गरिएको थियो । त्यसैगरी गत आर्थिक बर्ष २०७४ ७५ मा बाटो ग्राभेलका लागि ४३ लाख, रौतनी खोलाको पुल निर्माणमा १६ लाख, सिमराको कल्भर्ट निर्माणमा ८ लाख ६५ हजार, मन्दिर तथा मस्जिद निर्माणमा ३ लाख ५० हजार, रौतनी खोला घरान फराकिलो बनाउन १० लाख, इनारबरुवामा पुल निर्माणमा ५ लाख, आधारभूत विद्यालय बघौंडाको गेट निर्माणमा ५ लाख, बसन्तपुरको मञ्च निर्माणमा ५ लाख, बसन्तपुरको शौचालय निर्माणमा २ लाख लगायतको खर्च गरिएको सार्वजनिक गरिएको थियो ।

वडा नं. ३ का वडाध्यक्ष पुरन महतोको अध्यक्षतामा वडाको आ.व. २०७५÷७६ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई तथा समीक्षा कार्यक्रममा सम्पन्न हो । कार्यक्रममा उद्योग वाणिज्य संघ, माडीका अध्यक्ष रेशमलाल आचार्य, पर्यटन विकास समिति, माडीका सचिव गोविन्द न्यौपाने, नेकपाका नेता कमल रामदाम, नेपाली काँग्रेसका पार्टी प्रतिनिधी शिवराम महतो लगायत बजारबासी र वडा नं. ३ बासीहरुको सहभागिता रहेको थियो ।

यसैबिच, सोही कार्यक्रममा बसन्तपुरमा निर्माण जारी रहेको डेढ करोड परियोजनाको खानेपानी आयोजना तत्कालै सञ्चालन गरी खानेपानी वितरणका बिषयमा समेत छलफल भएको थियो

SwadeshPost