दलित हक अधिकार सम्बन्धि १ दिने कानुनी प्रशिक्षण कार्यक्रम बिहीबार माडीको खरकट्टास्थित वडा नं. ८ को वडा कार्यालयमा सम्पन्न भ एको छ ।
![](https://i0.wp.com/swadeshpost.com/wp-content/uploads/2024/10/central.gif?resize=1200%2C138&ssl=1)
माडी नगरपालिका वडा नं. ८ र ९ का दलित अगुवा एवं दलित समुदायलाई दलित अधिकार अधिकारकर्मी टेकबहादुर विश्वकर्मा र अधिवक्ता मुना बिक्रम खातीले प्रशिक्षण दिनुभएको हो । माडी नगरस्तरीय दलित समन्वय समितिका अध्यक्ष डिलबहादुर गायकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि नगर-प्रमुख ठाकुर प्रसाल ढकाल रहनुभभएको थियो । यसअघि सोही प्रकृतिको कार्यक्रम माडीका अन्य कतिपय वडाहरुमा सञ्चालन भइसकेको आयोजकले जनाएको छ ।
![](https://i0.wp.com/narayanionline.com/wp-content/uploads/2024/12/5x33-cm-for-Paper-copy-1-1536x232.jpg?resize=1536%2C232&ssl=1)
नेपालको संबिधानले प्रस्तावना तथा धारा २४, धारा ४० र धारा ८४ मा अविभेद तथा छुवाछूत विरुद्धको विभिन्न व्यवस्थाहरू सहित समानुपातिक समावेशिताको व्यवस्था गरी राज्यको मुलप्रवाहमा दलित समुदायको पनि सहभागिताको सुनिश्चितता गरेको छ ।
![](https://i0.wp.com/swadeshpost.com/wp-content/uploads/2024/10/Watashino-Ad-Long-1.jpg?resize=1000%2C120&ssl=1)