शिक्षालयमा रक्तदाता सचेतना प्रशिक्षण कार्यक्रम

128
SwadeshPost

नेपाल रेडक्रस सोसाइटी, उपशाखा कल्याणपुरले रक्तदाता सचेतना प्रशिक्षण कार्यक्रमलाई तीब्रता दिएको छ । आगामी पौष २१ गते उपशाखाको कार्यालय कल्याणपुरमा आयोजना भएको खुल्ला रक्तदान कार्यक्रममा रक्तदाताको संख्या बढाउन उपशाखाले जारी राखेको अभियानका क्रममा आज बिहीबार माडी नगरपालिका वडा नं. ६, हरिनगरस्थित दिवाकर स्मृति बहुप्राविधीक शिक्षालयमा रक्तदाता सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कल्याणपुर उपशाखाका सभापति रामकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि शिक्षालयका निमित्त प्रमुख समीर चालिसे रहनु भएको थियो । कार्यक्रम अन्तरगत रेडक्रस चितवनका प्रशिक्षक समेत रहनुभएका उपशाखा कल्याणपुरका सभापति अधिकारीले शिक्षालयका प्रशिक्षक एवं प्रशिक्षार्थीहरू गरी करिब ९० जनालाई प्रशिक्षण दिनुभएको थियो ।

यसैबिच, आउँदो शनिबार माडीको बरुवा बजारमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी, उपशाखा गर्दीको आयोजना तथा स्टार स्पोर्ट्स क्लब बरुवाको ब्यबस्थापनमा रक्तदान कार्यक्रम हुन लागेको हो ।

SwadeshPost