वडा नं. ४ को सार्बजनिक सुनुवाई सम्पन्न

286
SwadeshPost

माडी नगरपालिका वडा नं. ४ को वडास्तरीय सार्बजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । वडाध्यक्ष चन्द्रदीप महतोको अध्यक्षतामा वडा कार्यालयको प्राङ्गण, सिधुवामा सम्पन्न सो कार्यक्रममा वडास्तरीय टोल सुधार समिति, उपभोक्ता समिति, संघसंस्था र वडाबासीहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरुले वडा कार्यालयको जारी आर्थिक बर्षका योजनाहरुका बिषयमा प्रश्न राखेका थिए ।

जवाफमा वडाध्यक्ष महतोले जारी आर्थिक बर्ष २०७५/७६ मा बाटो ग्राभेलका लागि २२ लाख ७० हजार, ह्युम पाइप खरिदमा १० लाख, सोमेश्वर कालिका जाने ट्रयाक निर्माणका लागि ५ लाख, कल्भर्ट निर्माणका लागि ५ लाख, भूमिगत सिंचाइ शीर्षकमा १० लाख, शिक्षा विकासमा ५ लाख ३० हजार र वडा कार्यालय व्यवस्थापनका लागि ६ लाख ५० हजार रुपैंया विनियोजन गरिएको जानकारी दिनुभएको थियो ।

योसंगै वडाबासीहरुले माडी नगरपालिकामा डम्पिङ साइटको आवश्यकताका बिषयमा सचेत गराएका थिए भने पशुपालक किसानहरुले पालेका बाच्छाबाच्छी तथा पशु चौपायाहरुले छरछिमेकमा बालीनाली क्षती गर्ने गरेकोले त्यसलाई रोक्न सार्वजनिक अनुरोध गरेका थिए ।

SwadeshPost