माडीमा तीनपाङ्ग्रे अटो दुर्घटनाः बच्चासहित पाँचजना घाइते

252
SwadeshPost

तीनपाङ्ग्रे अटो दुर्घटनामा परी शुक्रबार माडी नगरपालिका-५, नयाँपिपरियामा बच्चासहित पाँचजना घाइते भएका छन् । तीब्र गतिमा क्षमताभन्दा धेरै यात्रु बोकी अटो चलाउँदा सो दुर्घटना भएको हो ।

ना. २ ह. ३४९१ नम्बरको अटो दुर्घटनामा परी चालक माडी नगरपालिका वडा नं. ५, सितलपुरनिवासी बर्ष ५५ का सुक बहादुर बि.क.संगै यात्रुहरु माडी नगरपालिका ५, राधापुर निवासी बर्ष २ का सुहन दाहाल र बर्ष २० की बबिता दाहाल तथा सोही वडा निवासी अन्दाजी बर्ष ३० की कमला बि.क., बर्ष ३५ का लाल बहादुर बि.क. र ७२ बर्षीया बृद्धा सान्नानी सुनार घाइते हुनुभएको हो । घाइतेहरुको बसन्तपुरस्थित बघौंडा अस्पतालमा उपचार भइरहेका छ ।

माडीमा तीन पाङ्ग्रे अटोहरुको सञ्चालन सुरुवात भएको करीब एक बर्ष पुग्नै लाग्दा ठूलो स्केलको दुर्घटना भएको यो पहिलोपटक हो । अटो चालक बि.क.ले मादक पदार्थ सेवन गरी अटो चलाएको घाइते परिवारको आरोप छ । दुर्घटनाग्रस्त अटो ईलाका प्रहरी कार्यालय, बसन्तपुरको नियन्त्रणमा रहेको माडी प्रहरीले जनाएको छ ।

SwadeshPost