मानव बेचबिखन तथा ओसार पोसार बिरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न

391
SwadeshPost

थ्रि एञ्जल्स नेपाल, चितवनको आयोजनामा मानव बेचबिखन तथा ओसार पोसार बिरुद्ध स्थानीय सरोकारवालाहरुबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘उद्धार, रोकथाम र पुनस्र्थापनाको माध्यमबाट मानव बेचबिखनको गरौं अन्त्य’ भन्ने नारासहित माडीको बघौंडास्थित माडी भिलेज रिसोर्टमा सो कार्यक्रम सम्पन्न भएको हो ।

माडी नगरपालिकाकी उपप्रमुख तथा न्यायीक समिति प्रमुख ताराकुमारी काजी महतोको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा माडीका जनप्रतिनिधीहरु तथा सरकारी, गैरसरकारी एवं सुरक्षा कार्यालयका प्रतिनित्व रहेको थियो । वडाध्यक्षहरु कृष्णराज अधिकारी, पुरन महतो, चन्द्रदीप महतो, भरत बहादुर गुरुङ एवं नगर कार्यपालिका सदस्य एवं महिला विभाग संयोजक कोपिला सिवाकोटी लगायतको सहभागिता रहेको सो कार्यक्रममा मानव बेचबिखनका विभिन्न पाटो र पक्षहरुका बिषयमा अन्तरक्रियात्मक प्रशिक्षण सञ्चालन गरिएको थियो ।

मानव बेचविखन एवं ओसारपोसार के हो, यो के का लागि गरिन्छ, यसमा दलालहरुले कसरी झुक्याउँछन्, कस्ता मानिसहरु यसको उच्च जोखिममा रहेका छन्, बेचबिखनपछि के हुन्छ, यसबाट कसरी बच्ने तथा मानव बेचविखनमा हुने दण्ड सजायको व्यवस्था के कस्तो छ भन्ने बिषयमा सहभागीहरुलाई जानकारी गराइएको थ्रि एञ्जल्स नेपाल चितवन प्रमुख ममिला गुरुङले स्वदेश एफ.एम. जानकारी दिनुभयो ।

SwadeshPost